बहुमुल्य पुरातात्विक स्वर्ण लिपी ग्रन्थसहित तीन जना पक्राउ

news

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा बहुमुल्य पुरातात्विक स्वर्ण लिपी ग्रन्थसहित तीन जना पक्राउ परेका छन् ।

छालामा सुनले लेखिएको पुरातात्विक ग्रन्थका पाना बिक्री गर्न हिँडिरहेको अवस्थामा भीमेश्वर नगरपालिका वडा नम्बर– ९ स्थित खरीढुंगाबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भिमेश्वर नगरपालिका वडा नम्बर–३ तार्थलीका शिवहरी थापा, गौतम टोलका उद्धव गौतम र टेकबहादुर थामी रहेको दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले जानकारी दिए ।

पक्राउ परेकाहरुका साथबाट बौद्ध ग्रन्थ अष्टसहस्रिका प्रज्ञापारमिताको ४९ थान बीचका पाना फेला परेको छ ।

करिब १९ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको ग्रन्थसहित पक्राउ परेका सबैलाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुुसार मुद्दा चलाईने दोलखा प्रहरीले जनाएको छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया