जिल्ला अस्पताल ताप्लेजुङको पुनर्निर्माण गरिने

news

ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङको पुनर्निर्माण गरिने भएको छ । नेपाल मेडिकल सपोर्ट जर्मनको सहयोगमा अस्पताल पुनर्निर्माण गर्न लागिएको हो ।

१ करोड २ लाख रुपैंयाँको लागतमा ताप्लेजुङ विकास मञ्चले अस्पतालको भौतिक संरचनामा सुधार गर्ने भएको हो । यसका लागि दुई संस्थाबीच सम्झौता भइसकेको छ ।

यही महिनाभित्रैबाट अस्पताल पुनर्निर्माणको काम सुरु हुने मञ्चका अध्यक्ष सन्तोष प्रसाईले जानकारी दिए ।

पहिलो चरणमा अस्पतालको जस्तापाता फेर्ने, भुइँमा टायल लगाउने, रंगरोगन गर्ने, पुराना काठलाई निकालेर नयाँ फेर्ने कार्य गरिनेछ भने पर्याप्त शौचालय र खानेपानीको व्यवस्थापन गरिने बताइएको छ ।

यस्तै थ्री फेज लाइनको बिजुलीसमेत अस्पतालमा जडान गरिने भएको छ ।

यस्तै दोस्रो चरणमा अस्पतालभित्र र बाहिर सीसी क्यामेरा जडान गरिने भएको छ भने उपचारमा आवश्यक उपकरणसमेत खरिद गर्ने सम्झौता भएको छ ।

यी काम सकिएपछि थप व्यवस्थापनका लागि सहयोग गर्ने नेपाल मेडिकल सपोर्ट जर्मनले मौखिक सहमति गरेको बताइएको छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया