लायन मिस्टर एण्ड मिस प्रतियोगिता हुने

news

काठमाडौं, असोज २१ । लायन्स क्लब अफ काठमाडौं क्रियटिभ युथले लायन मिस्टर एण्ड मिस प्रतियोगिता गर्ने भएको छ ।

आज राजधानीमा पत्रकार सम्मेलन गरी लायन्स क्लब अफ काठमाडौंले प्रतिस्पर्धीहरुका लागि आवेदन फारम खुलिसकेको र आगामी मंसिर १ गतेदेखि काठमाडौं, बिराटनगर, पोखरा, धरान र बिरगन्जमा अडिसन शुरु हुने जानकारी दिएको हो ।

२५ बर्षदेखि ५५ बर्ष उमेर समूहका ५ फिट २ इञ्चभन्दा माथि उचाइ भएका महिला तथा पुरुषहरुले उक्त प्रतियोगितामा भाग लिन सक्ने सो क्लवका अध्यक्ष गनिका गुरुङले बताइन् ।

प्रतिस्पर्धामा पहिलो हुनेलाई १ लाख रुपैयाँ र थाइल्याण्ड भ्रमण, दोश्रो हुनेलाई ७५ हजार रुपैयाँ र तेश्रो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने जनाइएको छ । प्रतियोगिताको फिनाले आगामी पुस १ गते काठमाडौंमा हुने जनाइएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया