लायन्सद्वारा कान्तिमा रक्तदान कार्यक्रम

news

काठमाडौं, असोज २२ । रगत अभावका कारण कुनैपनि बालबालिकाको अकालमा मृत्यु नहोस् भन्दै राजधानीको कान्ति बाल अस्पतालमा ‘मेघा ब्लड डोनेसन’ कार्यक्रमको आयोजना गरिएको छ ।

लायन्स क्लब अफ काठमाडौं युनाइटेट, लायन्स क्लब अफ काठमाडौं प्रोफेसनल र लायन्स क्लब अफ काठमाडौं साम्बलाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा संकलित रगत बालबालिकाहरुको उपचारका लागि अस्पताललाई नै बुझाइएको लायन्स क्लब अफ काठमाडौं युनाइटेट ब्लड सर्भिस चिफ लायन्स अनुप थापाले जानकारी दिए ।

पछिल्लो समय कान्ति बाल अस्पतालमा रगतको अभाव देखिएको छ ।

लायन्स क्लब अन्तर्राष्ट्रियको १०१ वर्ष पुगेको अवसरमा आफ्नो महत्वाकांक्षी कार्यक्रम ‘न्यू भ्वाइस’मार्फत् नेपालसहित विश्वभर नै सोमबार विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

नेपालमा पनि बालबालिकालाई लक्षित गरेर रक्तदानका साथै निःशुल्क आँखा शिविर, मधुमेह, दन्त परीक्षण, खाद्यान्न वितरणलगायतका कार्यक्रमहरु सन्चालन गरिएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया