प्रदेश–३ को स्थायी राजधानीसम्बन्धी प्रस्ताव प्रदेशसभा पेस

news

हेटौंडा, असोज २२ । प्रदेश नम्बर–३ को स्थायी राजधानीसम्बन्धी प्रस्ताव प्रदेशसभा बैठकमा पेस भएको छ ।

सोमबार हेटौंडामा बसेको प्रदेशसभा बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेस गरिएको हो ।

समितिका सभापति दीपक निरौलाले प्रतिवेदन सभामा प्रस्तुत् गरेका थिए ।

उनले प्रतिवेदनमा राजधानीका लागि उपयुक्त भनी सिफारिस गरिएका विभिन्न जिल्लाका जिल्लागत विवेचना र विश्लेषण राखिएको जानकारी दिए ।

राजधानीको विषयमा देशको विकास र जनताको सेवालाई हेरेर निर्णय गर्नुपर्ने उनको भनाइ थियो ।

समितिले काभ्रे, भक्तपुर, चितवन, नुवाकोट र मकवानपुर गरी पाँचमध्ये एक जिल्लालाई राजधानी तोक्न उपयुक्त हुने सुझाव दिएको छ ।

उता, हेटौंडालाई नै प्रदेश–३ को स्थायी राजधानी बनाउनुपर्ने माग गर्दै जन सरोकार केन्द्रले सोमबारै संसद सचिवालयअगाडि धर्ना दिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया