इस्तानबुलबाट साउदी पत्रकार खशोग्गी वेपत्ता भएको विषय थप पेचिलो बन्दै

news

काठमाडौं । टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानले साउदी पत्रकार जमाल खशोग्गी वेपत्ता हुनुअघि आफ्नो देशको वाणिज्य दूतावासबाट निस्किएको भन्ने दाबीको प्रमाण पेश गर्न चुनौति दिएका छन् ।

खशोग्गीले इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावास छोडेको भनेर त्यहाँका अधिकारीले आफैंलाई बचाउन नसक्ने उनको भनाई थियो ।

अन्तिम पटक उनी इस्तानबुलस्थित आफ्नै देशको वाणिज्य दूतावासमा देखिएका थिए ।

टर्कीले खशोग्गीको दूतावासभित्रै हत्या भएको समाचार सार्वजनिक भएपछि साउदी वाणिज्य दूतावासभित्र खोजी गर्न आग्रह गरेको छ ।

साउदी अरबले भने दाबी अस्वीकार गरेको छ । टर्कीका अधिकारीहरुले अनुसन्धानकर्ताहरुसँग हत्याका सम्बन्धमा ठोस प्रमाण रहेको जिकिर गरेका छन् ।

यसअघि साउदी राजकुमार मोहम्मद विन सलामले लुकाउनु पर्ने कुनै कुरा नभएको भन्दै छानबीनको स्वागत गर्नु भएको थियो ।

टर्कीले उनको हत्या त्यहीं गरिएको र त्यसपछि शव हटाइएको दाबी गरेको छ ।

साउदी राजकुमार बिन सलमानका आलोचक खशोग्गी अमेरिकामा निर्वासनमा बस्दै आएका थिए । विवाह दर्ताका लागि उनी दूतावास गएको बताइन्छ ।

वासिंटन पोष्टका लेखक उनी यसअघि अलवतन पत्रिका र केही समय साउदी टेलिभिजन न्यूज च्यानलका सम्पादक र बीबीसीमा समेत काम गरिसकेका छन् ।

टर्कीको भूमिमा साउदी अरेबियाकै संलग्नतामा खशोग्गीको हत्या गराइएको पुष्टि भए दुई मुलुकबीचको सम्बन्ध चिसिने विश्लेषण गरिएको छ ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया