भारतमा जीका भाइरसको संक्रमण

news

नयाँ दिल्ली, असोज २३ । भारतको राजस्थान राज्यको जयपुरमा २२ जनामा जीका भाइरसको संक्रमण फेला परेको छ ।

भारतको प्रधानमन्त्री कार्यालयले जीका भाइरसको संक्रमण फेरि फैलिन थालेको परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै स्वास्थ्य मन्त्रालयसँग यस सम्बन्धी विस्तृत प्रतिवेदन मागेको जनाइएको छ ।

जयपुरमा जीका भाइरसबाट संक्रमितमध्ये एक जना बिहार राज्य निवासी रहेको बताइएको छ । उनी हालैमात्र बिहारबाट जयपुर पुगेका थिए । अधिकारीहरुले यो रोगको संक्रमण बिहारमा पनि फैलिएको हुन सक्ने आशंका गरेका छन् ।

बिहार सरकारले राज्यका सबै जिल्लामा सतर्कता अपनाउन निर्देशन दिएको छ ।

जीका भाइरसका कारण केही वर्षअघि विभिन्न मुलुकमा कयौं नागरिक प्रभावित भएका थिए । भारतमा भने सन् २०१७ मा पहिलोपटक यो संक्रमण देखिएको थियो । गर्भवती महिलामा यो भाइरसको संक्रमण अधिक खतरनाक मानिन्छ । यस्ता संक्रमित महिलाबाट जन्मिएको शिशुको शारीरिक विकासमा असर गर्दछ । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया