बालबालिकामा मानसिक समस्या बढ्दो, कस्तो हुन्छ लक्षण ?

news

प्रज्ञा तिमल्सिना/ईमेज:

काठमाडौं । ‘बदलिँदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य’ भन्ने नारासहित २६ औं  विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

पारिवारिक समस्या, विद्यालयको तनाव र उमेर अनुसार आउने शारीरिक परिवर्तनलगायतका कारण बालबालिकामा मानसिक रोगको समस्या बढेको चिकित्सकहरुले बताएका छन् ।

यदि तपाईको बच्चामा कहिले एकदमै खुसी हुने त कहिले सा¥है दुखी हुने गर्दै साधारण व्यवहारमा नै परिवर्तन गर्न थालेमा होस् पुर्‍याउनुहोस् है ।

तपाईंको बच्चामा मानसिक रोग भएको पनि हुन सक्छन् । हाल प्रत्येक पाँच किशोर–किशोरीमध्ये १ जनामा मानसिक रोग देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।

यस्तै ५० प्रतिशत युवामा कुनै न कुनै किसिमको मानसिक समस्या देखिन थालेको छ ।

बालबालिकामा हुने मानसिक समस्या कतिपय अभिभावकलाई नै थाहा नहुने गरेको वाल मनोरोग विशेषज्ञ डा. अरुण कुँवरले बताए ।

मस्तिष्क स्वस्थ नहुनुलाई मानसिक रोग भनिन्छ । पारिवारिक द्वन्द्व, विद्यालयको वातावरण र पठाईसम्बन्धी दवावका कारण बालबालिकामा मानसिक समस्या बढी देखिन थालेको डा. कुँवरले बताए ।

बालबालिकामा मानसिक रोग बढ्दै गएमा त्यसबाट मुक्त गराउन निकै गा¥हो हुने चिकित्सकहरु बताउँछन् । यो वंशानुगत रोग पनि हो ।

परिवारका सदस्यमा मानसिक समस्या छ भने अरुमा पनि देखिन सक्ने सम्भावना रहन्छ । उदासीपन, दिक्दारीपन, डराउने जस्ता लक्षण यसमा देखा पर्छन ।

सुरुआती चरणमै यसको पहिचान गर्न सकिए पूर्णरुपमा निको पार्न सकिन्छ । तर, एक पटक मानसिक रोगको समस्या भएका व्यक्तिलाई पुनः फर्कने सम्भावना ५० प्रतिशत रहन्छ ।

बालबालिकाका अगाडि नकारात्मक कुरा नगर्ने, परिवारिक वातावरण राम्रो बनाउने र उनीहरुका भावना बुझेर व्यवहार गर्ने हो भने यो समस्याबाट बच्च सकिने चिकित्सकहरु बताउँछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया