केन्द्र सरकारको अलमलले कामै गर्न पाएनौं : मुख्यमन्त्री राई

news

विराटनगर, असोज २४ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले केन्द्रीय सरकारको काम–कारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

उनले केन्द्र सरकारको अलमलका कारण प्रदेश र स्थानीय तहले कामै गर्न नपाएको बताए ।

राष्ट्रिय योजना आयोगद्वारा बुधबार विराटनगरमा आयोजित प्रदेशस्तरीय कार्यक्रममा मुख्यमन्त्री राईले केन्द्र सरकार विकासमैत्री नभएको टिप्पणी गरे ।

कर्मचारी र संगठनात्मक संरचनाको व्यवस्थापनमा २५ प्रतिशत पनि काम गर्न नसकेको भन्दै उनले केन्द्र सरकारको नीतिगत र कार्यगत योजना तर्जुमामै त्रुटि रहेको टिप्पणी गरे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया