सरकारको काम सुस्त : रायमाझी

news

काठमाडौं, असोज २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले कामको गति बढाउँदै जनताका गुनासाहरु सम्बोधन गर्नुपर्ने बताए ।

सरकार संविधान कार्यान्वयनको प्रक्रियामा पनि अघि बढिरहेको भन्दै उनले यसलाई सही ढंगबाट अगाडि बढाउनुपर्ने बताए ।

नेता रायमाझीले वर्तमान सरकारले विकास र समृद्धिका लागि स्पस्ट मार्गचित्र बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया