सरकारको थोरै समयमा धेरै अलोकतान्त्रिक काम : सिटौला

news

विराटनगर, असोज २४ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दुईतिहाइको समर्थनमा बनेको वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

बुधबार विराटनगरमा सन्चारकर्मीसँग कुरा गर्दै उनले कम्युुनिस्ट सरकारले थोरै समयमा धेरै अलोकतान्त्रिक काम गरेको आरोप लगाए ।

सरकारले शान्ति–सुरक्षाको उचित व्यवस्था गर्न नसक्दा हत्या–हिंसा, बलात्कारका घटना बढ्नुका साथै करमा भएको वृद्धिका कारण जनता मारमा पर्न बाध्य भएको उनको भनाइ थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया