शिवराम शीर्ष स्थानमा रहँदै फाइनल राउन्डमा

news

काठमाडौं, असोज २४ । नेपालका नम्बर–१ गल्फर शिवराम श्रेष्ठ सूर्य नेपाल गल्फ टुरअन्तर्गत्को सेन्ट्रल ओपन गल्फको शीर्ष स्थानमा रहँदै फाइनल राउन्डमा पुगेका छन् ।

बुधबार तेस्रो दिन तीन अन्डर पार ६९ को स्कोरकार्ड खेलेका शिवरामले समग्रमा १२ अन्डर पार २०४ को स्कोरकार्डसहित शीर्ष स्थानमा रहेका हुन् ।

समग्रमा दुई अन्डर पार २१४ को स्कोरकार्डका साथ भुवन नगरकोटी दोस्रो तथा इभन पार २१६ को कार्डका साथ एमच्योर तासी छिरिङ तेस्रो स्थानमा छन् ।

दुई ओभर पार २१८ को स्कोरकार्डसहित धन थापा चौथो तथा पाँच ओभर पार २२१ को स्कोरकार्डका साथ एमच्योर वाङ्चेन धोन्दुप पाँचौं स्थानमा छन् ।

३१ व्यावसायिकसहित ४२ गल्फर सहभागी प्रतियोगिताको विजेताले एक लाख २० हजार तथा उपविजेताले ७७ हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया