अमेरिकामा शक्तिशाली आँधीका कारण कम्तिमा १३ जनाको मृत्यु

news

काठमाडौं । मध्य अमेरिकामा आएको शक्तिशाली आँधीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ ।

अमेरिकाको उत्तर–पश्चिम राज्य फ्लोरिडालाई सबैभन्दा बढी प्रभावित पार्ने गरी आएको माइकेल नामक आँधीले त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ ।

आँधीका कारण होन्डुरसमा ६ जना, गिकारागुवामा चार जना र एल साल्भाडोरमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फ्लोरिडा हुँदै आएको आँधीले अलबामा र जर्जियालाई पनि प्रभावित पारेको छ ।

प्रतिघण्टा दुई सय किलोमिटरको गतिमा आएको आँधीले त्यहाँका सयौं घरमा क्षति पुर्‍याएको छ ।

रुखहरु ढल्दा यातायात अबरुद्ध भएको छ । फ्लोरिडाका मात्रै ३ लाख ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

यो फ्लोरिडाको इतिहामै सय सय वर्षपछिको शक्तिशाली आँधी भएको अधिकारीहरुले जनाएका छन् ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया