खाद्य संस्थानले तोक्यो खसीबोकाको मूल्य, भोलिबाट बिक्री गरिने

news

काठमाडौं, असोज २५ । नेपाल खाद्य संस्थानले खसीबोका र च्याङग्राको मूल्य निर्धारण गरेको छ ।

संस्थानले यस वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ५१० र च्याङ्ग्रा ७१० रुपैयाँ कायम गरेको छ । संस्थानले किलोमा १० रुपैयाँ छुटसमेत दिने भएको छ ।

उपभोक्ताले खसी प्रतिकिलो ५ सय र च्याङ्ग्रा प्रतिकिलो ७ सयमा खरिद गर्न सक्ने छन् ।

संंस्थानले यस वर्ष १ हजार च्याङ्ग्रा र १ हजार खसीबोका बिक्री गर्न लागेको हो । मूल्य निर्धारण आजै भए पनि बिक्री वितरण भने भोलिबाट मात्रै सुरु गर्ने संस्थानले जनाएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया