मनाङ–मर्स्याङ्दीलाई सिग्नेचरको साथ

news

काठमाडौं, असोज २५ । ‘ए’ डिभिजनको फुटबल क्लब मनाङ–मर्स्याङ्दीलाई सिग्नेचरले प्रायोजन गरेको छ ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा मनाङ–मर्स्याङ्दीका महासचिव मुखिया लामा र नेपालका लागि सिग्नेचर ह्वीस्कीका आधिकारिक बिक्रेता नेपाल लिक्वर्सका अध्यक्ष राजेशवीर सिंह तुलाधरले प्रायोजन सम्झौतामा हस्ताक्षर गरे ।

कार्यक्रममा मनाङ–मर्स्याङ्दी क्लबको आधिकारिक जर्सी पनि सार्वजनिक गरिएको थियो ।

प्रायोजनपश्चात् मनाङ–मर्स्याङ्दी क्लबको नाम अबदेखि ‘सिग्नेचर मनाङ–मर्स्याङ्दी' हुने भएको छ ।

सो क्लबले आफ्नो जर्सीमा पनि सिग्नेचरको लोगो प्रयोग गर्नेछ ।

नेपाली लिग फुटबलको सर्वाधिक सफल टोली मनाङ–मर्स्याङ्दीले जारी लिगको पहिलो खेलमा शुक्रबार ब्रिगेड ब्वाइज क्लबको सामना गर्नेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया