सांसद रामवीरलाई दिएको सबै सम्मान फिर्ता लिने मानन्धर समुदायको निर्णय

news

काठमाडौं, असोज २५ । मानन्धर समुदायले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–७ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रामवीर मानन्धरलाई दिएको सबै सम्मान फिर्ता लिने निर्णय गरेको छ ।

थँहिटि मानन्धर समुदायले बुधबार साँझ आकस्मिक बैठक गरी सांसद रामवीरले जनमतको अपमान गरेको भन्दै विगतमा मानन्धर समुदायले दिएका सबै सम्मान र कदरपत्रहरु फिर्ता गर्ने निर्णय गरेको हो ।

निजी स्वार्थका लागि सांसद रामवीरले समुदाय र मतदाताको शीर निहुर्‍याएको आरोपसमेत लगाइएको छ ।

सांसद रामवीरले नेकपाका नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने उद्देश्यले सांसद पदबाट राजीनामा दिने घोषणा गरेपछि मानन्धर समुदायले यस्तो निर्णय गरेको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया