ठेक्का ‘होल्ड’ गरेर राख्नेहरु कारबाहीको दायरामा आउँछन् : अख्तियार प्रमुख

news

पोखरा, असोज २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले लामो समय ठेक्का ‘होल्ड’ गरेर राख्ने ठेकेदारहरु कारबाहीको दायरामा आउने बताएका छन् ।

बिहीबार पोखरामा सुशासनका लागि नागरिक समाजले आयोजना गरेको कार्यक्रममा उनले ठेक्का होल्ड गरेर बस्ने ठेकेदारलाई कडा निगरानी गर्ने बताए ।

अख्तियार प्रमुख घिमिरेले कर्मचारीतन्त्रमा भइरहेको भ्रष्टाचार नरोकिए आयोग चुप लागेर नबन्ने चेतावनीसमेत दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया