इलाम, असोज २६ । इलामको सुपरमाई जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ ।
विसं. २०७७ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखेर २०७३ चैैत्र महिनामा निर्माण शुरु भएको सात दशमलव आठ मेगावाटको आयोजना २२ महिना अगावै सम्पन्न भएको हो ।
एक अर्व ५० करोड लागत अनुमान भएको आयोजनाको निर्माण समय अगावै सकिएपछि करिव दश करोड रुपैयाँ लागत घटेको आयोजनाका अध्यक्ष मोहनविक्रम कार्कीले जानकारी दिए ।
आगामी १२ वर्षभित्रमा विद्युत बिक्रीमार्फत सम्पूर्ण लागत उठाइसक्ने आयोजनाले जनाएको छ । उत्पादित विद्युत गोदकमा रहेको काबेली कोरिडोरमा जोडिने छ ।
आयोजना इलाम नगरपालिका–५ को दुधाङ्ग बेसीस्थित माईखोलामा निर्माण भएको छ ।
प्रतिक्रिया