अष्ट्रेलियामा आँधी, जनजीवन प्रभावित

news

अष्ट्रेलियामा भारी बर्षापछि आएको सुपरसेल आँधीका कारण चारजना घाइते भएका छन् । तेज गतिमा आएको हावाहुरीले घरको छाना उडाउँदा उनीहरु घाईते भएका हुन् ।

आँधीका कारण क्विन्सल्यान्ड शहरका सयौं जनता प्रभावित भएका छन् ।

प्रतिघण्टा २५० किलोमिटरको रफ्तारमा आएको आँधीले ठाउँ ठाउँमा बिजुलीको पोल ढाल्नुका साथै रुखहरु ढलेकाले यातायात सेवा अवरुद्ध भएका छन् ।

आँधीमा परी सयौं सवारीसाधनमा क्षति पुगेको छ । आँधीपीडितहरुको उद्धारका लागि सयौं उद्धारकर्मीहरु खटिएका छन् ।

आँधी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । आँधीका कारण केही समयका लागि स्कूल र कलेजहरु बन्द गरिएका छन् । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया