निर्मला पन्तका हत्यारामाथि कारवाहीको माग गर्दै मानवअधिकारवादी सडकमा

news

काठमाडौं, असोज २६ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारवाही गर्न दबाब दिने उद्देश्यले विभिन्न मानव अधिकारवादी संघ–संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उनीहरुले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना र प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले बलात्कारी र हत्यारालाई जोगाएर सरकारले कानुनी शासनको खिल्ली उडाएको आरोपसमेत लगाए ।

उनीहरुले सरकारले सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाही नगरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया