एआइजी धिरु बस्नेत नेतृत्वको छानविन समिति कञ्चनपुरमा

news

कञ्चनपुर, असोज २६ । निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानविनका लागि नेपाल प्रहरीले एआइजी धिरु बस्नेतको नेतृत्वमा गठन गरेको छानविन समिति कञ्चनपुर पुगेको छ ।

झण्डै एक महिनासम्म काठमाडौंमा रहेर अनुसन्धान तथा छानविन गरिरहेको समिति पहिलोपटक आज कञ्चनपुर पुगेको हो । निर्मलाको हत्याको अनुसन्धानमा प्रहरीले लापरवाही गर्नुका साथै प्रमाण नष्ट गर्न भूमिका खेलेको आरोप लागेपछि यो समितिले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको गल्ती, कमी–कमजोरीको समेत छानविन थालेको छ ।

बस्नेत नेतृत्वको समितिले निर्मला पन्तको घटनामा संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाएर यसअघि नै अनुसन्धान गरिसकेको छ । समितिले कञ्चनपुरमा घटनास्थल, पीडित परिवारलगतायत अन्य सरोकारवालासँग भेटघाट तथा छलफल गर्ने बताइएको छ ।

सरकारले कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक सह–सचिव हरी मैनालीको नेतृत्वमा पाँच सदस्य छानविन समिति गठन गरेको थियो । मैनाली नेतृत्वको छानविन समितिले असोज ९ गते गृहमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया