शक्तिशाली कम्युनिस्ट सरकारले सुशासन दिन सकेन : पौडेल

news

नवलपुर, असोज २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईतिहाइको बहुमत हुँदा पनि कम्युनिस्ट सरकारले देशलाई सुशासन दिन नसकेको आरोप लगाएका छन् ।

शुक्रबार नवलपुरको कावासोतीमा प्रेस युनियन नवलपुरले गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले काम गर्नका लागि आवश्यक सबै सुविधा हुँदा पनि देशमा कुनैखाले परिवर्तन ल्याउन नसक्नु सरकारको कमजोरी भएको बताए ।

सरकार केवल आफ्नै प्रचारमामात्र लागेको नेता पौडेलको आरोप छ ।

उनले रेल र पानीजहाजको कुरा गर्ने सरकारले न्यूनतम् पूर्वाधारका विषयलाई पन्छाउँदै लगेको टिप्पणी गरे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया