नेपाल आइसीसी महिला टी–२० क्रिकेटको वरीयतामा

news

काठमाडौं, असोज २६ । नेपाल आइसीसी महिला टी–२० क्रिकेटको वरीयतामा समावेश भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १८औं स्थानमा परेको हो ।

४६ राष्ट्रलाई समावेश गर्दै आइसीसीले निकालेको वरीयतामा नेपालले ११७ अंक पाएको छ ।

नेपाली महिला क्रिकेट पछिल्लो समय सुनसानजस्तै हुँदै गएको छ । तर, नेपालले एकदिवसीय मान्यता पाएपछि नेपाली महिला क्रिकेटलाई पनि टी–२० मान्यता रहेको छ ।

नेपालले पछिल्लोपटक गत मंसिरमा थाइल्यान्डमा भएको विश्व टी–२० एसिया छनोट खेलेको थियो ।

वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । अष्ट्रेलियाले २८० अंक पाएको छ ।

यस्तै, न्यूजिल्यान्ड दोस्रो, इंग्ल्यान्ड तेस्रो, वेस्ट इन्डिज चौथो, भारत पाँचौं, दक्षिण अफ्रिका छैटौं, पाकिस्तान सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं र आयरल्यान्ड १०औं स्थानमा छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया