एसईईको नतिजा आज प्रकाशन हुँदै

news

काठमाडौं, असार ९ । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित गर्ने भएको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले आज दिउँसो ४ बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।

नतिजा सार्वजनिक गर्न आज तीन बजे बोर्ड बैठक डाकिएको छ । ४ बजे पत्रकार सम्मेलन राखिएको बोर्डले जनाएको छ ।

गत वर्षको एसईई परीक्षामा ७७ वटै जिल्लाका १ हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...