हरिस माथेमाले ल्याए पुरानो पप लयमा नयाँ गीत, तयार भयो दमदार भिडियो

news

काठमाडौं, असार ९ । कुनै बेलाको चल्तीको पप लयलाई हरिस माथेमाले नयाँ गीत मार्फत पुर्नताजकी थपिदिएका छन् । ‘साथी हो या संगी’ बोलको उक्त गीतको भर्खरै भिडियो सार्बजनिक गरिएको छ ।

नेपालमा २०५० को दशकमा चलेको पप गीतको लयलाई पस्किएर हरिसले पप संगीतलाई नयाँ ताज भरिदिएका छन् ।

मिना लामा र प्रशान्त दुवालले अभिनय गरेको गीतको भिडियो पनि निकै रोमान्चक बनेको छ ।

वाइट पिगन मिडिया प्रालीको आधिकारिक युट्यूब च्यानल डब्लुपी इन्टरटिमेन्टले भिडियोलाई सार्बजनिक गरेको छ ।

राजकुमार महर्जनको निर्देशनमा तयार भएको भिडियोमा युवायुवतीको आपसी आकर्षण र प्रेमभाव देखाउन खोजिएको छ ।

राजकुमार महर्जनकै लगानीमा तयार भएको भिडियो बसन्त महर्जनले खिचेका हुन ।

किरण गीरिले सम्पादन गरी स्टुडियो रिङले भिडियोलाई बजारमा ल्याएको हो ।  

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया