पक्की पुल निर्माण भएपछि गुल्मी र पाल्पाको सीमामा रहेको झोलुंगे पुल प्रयोगविहीन

news

-सीता पाण्डे/ईमेज

पाल्पा । गुल्मी र पाल्पाको सीमामा पक्की पुल निर्माण भएसँगै त्यहीं ठाउँमा रहेको झोलुंगे पुल अहिले प्रयोगविहिन भएको छ ।

पुल त्यत्तिकै लथालिंग भइरहँदा त्यसका बहुमूल्य सामानहरु चोरी हुने क्रम सुरु भएको छ । वषौँदेखि पुलको न मर्मतसम्भार हुन सकेको छ न त स्थानान्तरण  नै भएको छ ।

वि.सं २०४८ गुल्मी र पाल्पा जिल्लालाई जोड्ने सडकखण्डअन्तर्गत रिडी खोलामाथि पक्की पुल निर्माण भयो ।

यो पुल निर्माण भएपछि त्योभन्दा पहिलेको झोलुंगे पुल भने प्रयोगविहिन भएको छ ।

पुलको कुनै प्रयोजन छैन तर वर्षौदेखि तुर्लुङ्ग झुण्डिएको छ । त्यतिमात्रै होइन पुल झन्पछि झन जीर्ण र लथालिङ्ग बन्दै गएको छ । कैयौं बहुमूल्य सामानहरु चोरी भइसकेका छन् ।

यस्तो दृश्य पुल विभागका कर्मचारी टुलुटुलु हेरेर बसिरहेका छन् । कतिपय ठाउँमा पुल नहुँदा ठूला ठूला दुर्घटना भइरहेका छन् तर यस पुलको उचित व्यवस्थापन नहुँदा बालबालिकाहरु खेल्ने क्रममा बेलाबेलामा दुर्घटनाको शिकार हुँदै आएका छन् ।

२०१८ सालमा रुरु क्षेत्रमा आएको बाढीले बजारलाई तहसनहस पारेपछि तत्कालीन राजा महेन्द्रको निर्देशनमा उक्त झोलुंगे पुल निर्माण भएको हो ।

तर पुलको नत मर्मत सम्भार हुन सकेको छ नत अन्य स्थानमा स्थानान्तरण नै गर्न सकिएको छ ।

यता रुरु गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रामलाल बिक भने आगामी वर्ष पुलको मर्मत् संभार गरिने बताउँछन् ।

पुल विभागका कर्मचारी जिम्मेबार नबन्दा पुलका करोडौँका सामानहरु अलपत्र भइरहेका छन् ।

पुलका सामानको अन्य ठाउँमा उपयोग गर्ने या पुललाई मर्मत गरी चुस्त बनाउनेतिर ध्यान लैजान आवश्यक देखिन्छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया