उपप्रधानमन्त्री पोखरेल चीनतर्फ

news

काठमाडौं, कात्तिक ६ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौं बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिदाइ गरे ।

उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएर गरेको योगदान र भावी चुनौती तथा सहकार्यकाबारेमा सम्बोधन गर्ने उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।

भ्रमणकैक्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियन चिनियाँ युआन चीनले सहयोग गर्नेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुने जनाइएको छ ।

विश्वका करिब १०० मुलुकको प्रतिनिधित्व हुने सम्मेलनमा १५ मुलुकका रक्षामन्त्री र ४० मुलुकका सेनाप्रमुखको उपस्थिति हुनेछ ।

उपप्रधानमन्त्री पोखरेल आगामी मंगलबार स्वदेश फर्कनेछन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...