२१३ किलो चरेससहित भारतीय नागरिक समातिए

news

काठमाडौं, असार १० । ट्रकमा फल्सबटम बनाइ लुकाइ ल्याएको २१३ किलो चरेस र २ किलो २५० ग्राम लागुऔषध अफिमसहित प्रहरीले एकजना भारतीय नागरिक मेराज आलमलाई पक्राउ गरेको छ ।

भारतीय नम्बर प्लेट डब्लुबी २३बी५८८ नम्बरको ट्रकमा लुकाइ ल्याएको अवस्थामा लागुऔषध नियन्त्रण व्यूरोको टोलीले आइतबार कलंकीबाट आलमलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने भारत, मोतिहारी जिल्ला मोखिलिसपुर–९, पूर्वीचम्पारणका २५ वर्षीय आलम ट्रकका चालक रहेको प्रहरीले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया