विराटनगर महानगरको न्यायिक समितिद्वारा इजलासबाटै मुद्दाको सुनुवाइ सुरु

news

विराटनगर, कात्तिक १५ । विराटनगर महानगरपालिकाको न्यायिक समितिले इजलासबाटै मुद्दाहरुको सुनुवाइ गर्ने प्रक्रिया सुरु गरेको छ ।

बिहीबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर एवं न्यायिक समितिका संयोजक इन्दिरा कार्कीसहित समितिका सदस्यहरुले इजलासको शुभारम्भ गरेका हुन् ।

अहिलेसम्म इजलासकक्ष गठन नहुँदा न्यायिक समितिमा पर्ने मुद्दाहरु उपमेयरको कार्यकक्षबाटै सुनुवाइ गरिँदै आएको थियो ।

महानगरले बिहीबारबाट छुट्टै इजालसकक्षको निर्माण गरी मुद्दाको निरुपण गर्ने कार्य सुरु गरेको उपमेयर इन्दिरा कार्कीले जानकारी दिइन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया