प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित बर्खास्त

news

हेटौंडा, कात्तिक १६ । प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद भएपछि उनलाई बर्खास्त गरिएको हो ।

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले शुक्रबार मन्त्री स्थापितलाई बर्खास्त गरेका हुन् । संविधानको धारा १६९ को उपधारा २ बमोजिम मन्त्री स्थापितलाई बर्खास्त गरिएको मुख्यमन्त्री पौडेलका स्वकिय सचिव अनुप पौडेलले जानकारी दिए ।

दुई दिनअघि प्रदेश ३ को मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच भनाभन भएको थियो । सोही विषयमा पार्टीका शीर्ष नेतासँग छलफल गर्न मुख्यमन्त्री पौडेल काठमाडौं आएका थिए ।

शुक्रबार मुख्यमन्त्री पौडेलले मन्त्री स्थापितलाई बर्खास्त गरेका हुन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया