सेयरबजार सुधारियो

news

काठमाडौं, कात्तिक १९ । नेप्सेले मंगलबारदेखि पूर्णअनलाइन कारोबारको सुरुआत गर्ने तयारी गरेसँगै सोमबार सेयरबजार सुधारियो ।

पछिल्ला दिन निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजारमा यसदिन दोहोरो अंकको सुधार आयो ।

नेप्से १२ अंक बराबरले सुधारिएर १२ सय १९ कायम भयो । कारोबार भने खुम्चियो ।

यसदिन कारोबार भएका सबै समूह हरियो रहे ।

निर्जीवन बिमा समूह सबैभन्दा उच्च ८७ अंकले उकालो लाग्यो । जीवनबिमा समूह पनि ४९ अंकले उकालो लाग्यो । होटल समूहमा ३७ अंकको वृद्धि भयो । लघुवित्त, विकास बैंक र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले सुधारिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीका ८ लाख २२ हजार कित्ता सेयर जम्मा साढे २५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...