बाँझो जग्गामा सयपत्री खेती गरेर तिहारमा मालामाल (भिडियो)

news

दीपक घिमिरे

भैरहवा, कात्तिक २० । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का आठ जना महिलालाई अहिले सयपत्री फूल टिप्न र बिक्री गर्न भ्याइ–नभ्याई छ । 

बाँझो जग्गामा महिलाहरुले गरेको फूल खेती अहिले प्रदेशकै लागि उदाहरणीय बनेको छ ।

बार्षिक करोडौं रुपैयाँको सयपत्री फूल भारतबाट आयात भइरहेका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६, बेहुलीका आठ महिला भने फूल टिप्न बारीमै व्यस्त हुने गरेका छन् । तिलोत्तमाका ८ जना महिलाको सहभागितामा तिलोत्तमा सहकदम कृषि समूह स्थापना गरेर एक बिगाह क्षेत्रफलमा फूल खेती गरिएको थियो ।

समूहका आठै जनालाई अहिले फूल टिप्न, माला उन्न र बजारसम्म पु¥याउन भ्याइनभ्याई छ । केही व्यापारी भने फूल किन्न बारीसम्मै पुग्ने गरेका छन् ।

व्यवसायिक फूल खेतीमा सहभागी देवी वाग्ले भारतीय फूलको आयातलाई रोक्न तथा प्रदेश–५ लाई सयपत्री फुलबाट आत्मनिर्भर बनाउनका लागि व्यावसायिक रुपमा फूल खेती गरिएको बताउँछिन् ।

तिहारमा मात्रै तीन हजार थान माला बिक्री गर्ने अपेक्षा उनिहरुको छ । जिल्लामा आवश्यक पर्ने सयपत्री फूलको व्यावसायिक खेती नहुँदा भारतको भर पर्नुपर्ने बाध्यता अझै छ ।

तिहारमा मात्र नभएर यस जिल्लामा बेला बेलामा हुने मेला, महोत्सव र कार्यक्रमहरुमा मालाको प्रयोग हुने भएकाले फूल व्यवसायले रामै्र साथ पाउने विश्वास उनिहरुको छ ।

५ नम्बर प्रदेशमै पहिलो पटक महिलाहरुले बाँझो जग्गामा शुरु गरेका फूल व्यवसाय साँच्चै यस प्रदेशकै लागि उदाहरणीय बनेको छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...