मुख्यमन्त्री पौडेलद्वारा जनचाहनाअनुसार काम गर्न नसकेको स्वीकार

news

काठमाडौं, कात्तिक २० । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनचाहनाअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् ।

मंगलबार ललितपुरमा प्रदेश नं ३ को आवधिक योजनाको आधारपत्र तर्जुमा कार्यक्रम उद्घाटन गर्दे उनले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा जनचाहना अनुसारका काम हुन नसकेको बताए ।

मुख्यमन्त्री पौडेलले कार्यशैलीमा सुधार नगरे समृद्धिको सपना अधुरै रहने उल्लेख गरे । प्रदेश सरकारसँग केन्द्र सरकारको निर्देशन र समन्वय नहुँदा काम गर्न अन्योल भएको उनको भनाइ थियो ।

कानुनको अभावले समस्या भएको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार एक्लैले केही गर्न नसक्ने पनि प्रष्ट पारे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले प्रदेश सरकार संस्थागत हुन नसकेको बताइन् ।

कार्यक्रममा डा पिताम्बर शर्मा, डा. गोविन्द नेपाल, डा दिनेश भुजु, डा महेन्द्र सुब्बा, पूर्णचन्द्र भट्टराई, शोभा लामा, जगन्नाथ अधिकारीले प्रदेशको नीति तथा योजना सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया