फरार अभियुक्त २३ वर्षपछि फन्दामा

news

काठमाडौं, कात्तिक २० । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उदयपुरको रामपुर गाविस–२ का नारायण शाहको हत्या गरेर फरार सुनसरी, प्रकाशपुर–५ का राजेन्द्र राईलाई २३ वर्षपछि पक्राउ गरेको छ ।

राईलाई सीआइबीको टोलीले सुनसरीको बराह नगरपालिका–३, ठाकुरबारीबाट पक्राउ गरेको हो ।

अभियुक्त राईले २०५२ कात्तिक ४ गते उदयपुरको रामपुर–२, कोसीटप्पुमा रहेको एक नर्सरीमा काम गर्ने शाहलाई मुक्का र लाठीले हिर्काउँदा मृत्यु भएको थियो ।

राईविरुद्ध सर्वोच्च अदालतले २०६० चैत ५ गते जन्मकैदको फैसला गरेको थियो । शाहको हत्यालगत्तै राई फरार रहँदै आएका थिए ।

अभियुक्त राईलाई कैद भुक्तानका लागि जिल्ला कारागार उदयपुर चलान गरिएको सीआइबीले जनाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया