अमेरिकाको संसदमा पहिलोपटक दुई मुस्लिम महिला निर्वाचित

news

सिकाको, कात्तिक २१ । अमेरिकी मतदाताहरुले दुईजना मुस्लिम महिलालाई संसदमा निर्वाचित गरेका छन् । निर्वाचित दुवैजना डेमोक्र्याट हुन् ।

निर्वाचितमध्ये एकजना सोमालियाबाट शरणार्थीकारुपमा अमेरिका बस्दै आएकी इल्हान ओमर हुन् । मिन्नेसोटा प्रदेशमा उनी विजयी भएकी हुन् ।

त्यसैगरी, सामाजिक कार्यकर्ताकारुपमा क्रियाशील रशिदा तलैबी पनि संसदका लागि निर्वाचित भएकी छन् ।

प्यालेस्टाइनबाट अमेरिका आएका बाबुआमाबाट उनको जन्म अमेरिकाकै डिट्रोइटमा भएको जनाइएको छ ।

संसदमा उनीहरुसँगै अर्का एकजना मुस्लिम पुरुष पनि गरी मुस्लिम समुदायबाट तीनजना निर्वाचित भएका छन् ।

संसदमा निर्वाचित अर्का मुस्लिम पुरुष अफ्रिकी अमेरिकी अन्ड्रे कर्सन हुन् । उनी इन्डियना प्रदेशमा दोस्रोपटक निर्वाचित भएका हुन् । उनले पनि डेमोक्र्याट पार्टीबाट प्रतिनिधित्व गर्छन् ।

अमेरिकाका नागरिकमा मुस्लिम समुदायप्रतिको नकारात्मक धारणा रहेकै बेला उनीहरुको जितलाई अर्थपूर्णरुपमा हेरिएको छ । रासस/एएफपी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया