युएफा च्याम्पियन्स लिग : युनाइटेड र सिटीको जित

news

काठमाडौं, कात्तिक २२ । युएफा च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लबहरु म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् ।

गएराति भएको समूह ‘एच’को खेलमा म्यान्चेस्टर युनाईटेडले ईटालीको युभेन्टस्लाई २–१ ले हरायो । खेलमा युभेन्टसका क्रिस्चियानो रोनाल्डोले पहिलो गोल गरे पनि म्यान्चेस्टर युनाईटेडले अन्तिम ४ मिनेटमा दुई गोल गर्दै खेल आफ्नो पक्षमा पार्‍यो ।

म्यान्चेस्टर युनाईटेडका लागि हुँवा माटाले पहिलो गोल गरे भने युभेन्टसका लियोनार्दो बोनुचीले एक आत्माघाती गोल गरे । 

यही समूहको अर्को खेलमा स्पेनको भ्यालेन्सियाले स्विट्जरल्याण्डको योङ ब्वाईजलाई ३–१ ले पराजित गर्‍यो ।

च्याम्पियन्स लिग समूह ‘ई’ को खेलमा जर्मनीको बायर्न म्युनिखले ग्रिसको एथेन्सलाई २–० ले हराउँदा नेदरल्याण्ड्सको आयाक्स र पोर्चुगलको बेनिफिकाले १–१ गोलको बराबरी खेलेका छन् ।

समूह ‘एफ’को खेलमा इंग्ल्यान्डको म्यानचेस्टर सिटीले युक्रेनको शख्तरलाई ६–० ले पाखा लगाउँदा फ्रान्सको लियों र जर्मनीको होफनहाईमले २–२ गोलको बराबरी खेले ।

यसैगरी समूह ‘जी’को खेलमा स्पेनको रियाल मड्रिडले चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनलाई ५–० ले पाखा लगाउँदा ईटालीको रोमाले रुसको सिएसकेए मस्कोलाई २–१ ले पराजित गर्‍यो ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया