तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

news

बासुदेव बर्मा

कपिलवस्तु, कात्तिक २२ । कपिलवस्तुमा प्रहरीले तास खेलिरहेको अवस्थामा १९ जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान करिब ३ बजेको समयमा प्रहरी निरीक्षक गोबिन्द रावतको कमाण्डमा खटिएको टोलीले कपिलबस्तु नगरपालिका–८ दोहनी चोकस्थित रामप्रकाश अग्रहरीको राईस मिलमा उनीहरुलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार तास खेलेको ठाउँबाट नगद एक  लाख २१ हजार ३१५ रुपैयाँ बरामद भएको छ । प्रहरीले १३ वटा मोटरसाइकल र १५ थान मोबाईल फोनसमेत नियन्त्रणमा लिएको छ । 

राईस मिलका सञ्चालक अग्रहरी भने फरार रहेकाले उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया