पर्यटकका लागि आकर्षणस्थल बन्दै अस्ट्रिच फार्म (भिडियो)

news

दीपक घिमिरे

भैरहवा, कात्तिक २२ । रुपन्देहीको तिलोत्तमा नगरपालिका गंगोलियास्थित अस्ट्रिच फार्म पर्यटकको आकर्षणस्थल बन्न थालेको छ । निजी क्षेत्रबाट संचालित फार्ममा अष्ट्रिच हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो नै लाग्ने गरेको छ ।

नेपालकै पहिलो अष्ट्रिच फार्म भनेर चिनिने रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित अस्ट्रिच फर्म पछिल्लो समय पर्यटकको समेत रोजाइमा पर्दै गएको छ । सबैभन्दा ठूलो जातिको चरा भनेर चिनिने अस्ट्रिच मासुको लागि पालिएको छ । मासु खानेका अलावा धेरैजसो पर्यटक अस्ट्रिच हेर्नकै लागि फर्म अवलोकन गर्न आउँछन् ।

लुम्बिनी भ्रमणमा आउनेको २० प्रतिशत संख्या फर्म अवलोकन गर्न आउने प्रालिको आँकलन छ । दैनिक एक हजारको हारहारीमा पर्यटक आउने गरेको यस फर्म रुपन्देही मै लुम्बिनीपछिको दोस्रो गन्तव्य बन्न थालेको अष्ट्रिच नेपाल प्रालिका अध्यक्ष सिपी शर्माको भनाइ छ ।

पर्यटकको सुविधाका लागि फर्मभित्रै एउटा रेस्टुराँ रहेको छ । रेस्टुराँमा आगन्तुकले अष्ट्रिच र इमु चराका मासुको विभिन्न परिकार स्वाद लिन पाउँछन् । रेष्टुराँ नजिकैको पोखरीका माछाको स्वाद र अर्गानिक तरकारीको स्वाद लिन पाइने भएकोले फर्मले पर्यटकको मन अझ बढी तानेको छ । फर्ममा आन्तरिकबाहेक बुद्धिस्ट देशका पर्यटक धेरै आउने अध्यक्ष सिपी शर्मा बताउँछन् ।

पर्यटक बढ्दै गएपछि बास बस्नका लागि २० कोठे लज निर्माण गर्ने तयारी रहेको छ । फर्म अवलोकनको लागि बर्सेनि ३ लाखको हाराहारीमा पर्यटक आउने भएकोले संचालकलाई अझ बढी उत्साहित बनाएको छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया