म्याग्दीमा रुइसे र घोडेपानी नयाँ पर्यटकीय गन्तव्य

news

म्याग्दी, कात्तिक २२ । सरकारले म्याग्दीका दुई स्थानलाई नयाँ पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ ।

रघुगंगा गाउँपालिका–२ मा पर्ने रुइसे र अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानीलाई नयाँ पर्यटकीय गन्तब्यमा सूचीकृत गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा गरेको सयवटा नयाँ पर्यटकीय गन्तब्यमा रुइसे सूचीकृत भएपछि स्थानीयबासी र सरोकारवाला उत्साहित भएका छन् ।

ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई पवर्द्धन गर्न सरकारले घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्यमा रुइसेडाँडादेखि धौलागिरि आइसफल क्षेत्र समेटिएको हो । नयाँ तथा विकास गर्नुपर्ने नयाँ पर्यटकीय गन्तव्यको सूचीमा रुइसे हुँदै धौलागिरि आईसफल क्षेत्र समेटिनुले यस क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिएको रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष रिमबहादुर कटुवालले बताए ।

रुइसे हुँदै धौलागिरि आईसफलसँगै सरकारले म्याग्दीकै घोडेपानी पर्यटकीय क्षेत्रलाई समेत नयाँ गन्तव्यको सूचीमा राखेको छ भने पुनहिल, गलेश्वर र तातोपानीलाई स्थापित तथा प्रवर्द्धन गर्नुपर्न गन्तव्यको सूचीमा राखेको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया