दुई विदेशी नागरिकको मृत्यु

news

सोलुखुम्बु, कात्तिक २२ । खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ ।

सगरमाथा क्षेत्र भ्रमणमा आएका अष्ट्रिया र युक्रेनी नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको इम्चाचे हिमाल आरोहण गरी आइलमपिक हुँदै फर्कनेक्रममा डोरीबाट चिप्लिएर झर्दा अष्ट्रियाकी २९ वर्षीया जिल समसी भेराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

उनी कात्तिक १० गते पाँचजनाको टोलीसहित खुम्बु भ्रमणमा आएकी थिइन् ।

युक्रेनी पुरुष नागरिक ४८ वर्षीय एक्सम्यान्स्को खोम्यान्को सेहीको पनि बिहीबारै मृत्यु भएको छ ।

खुम्बु भ्रमणमा आएका खोम्यान्को खुम्बुकै बैंकरस्थित लालीगुँरास होटलमा बास बसेर मञ्जु भन्ने स्थानमा झर्नेक्रममा मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

बिहीबार बिहान करिब ११ः५५ को समयमा श्रीमतीसमेत सँगै भएको बेला अचानक मृत्यु भएको बताइएको छ ।

मृतकको शव लुक्ला ल्याइ आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काठमाडौं लगिएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया