क्यालिफोर्नियाको रात्रीकालिन बारमा गोली प्रहार, १२ जनाको मृत्यु

news

क्यालिफोर्निया, कात्तिक २३ । अमेरिकाको क्यालिफोर्नियास्थित एक रात्रीकालीन बारमा भएको अन्धाधुन्ध गोली प्रहारमा १२ जनाको मृत्यु भएको छ ।

क्यालिफोर्नियाको थाउजन्ड ओक्सस्थित ‘बोर्डरलाइन बार एन्ड ग्रील’मा एकजना अमेरिकी पूर्वसैनिकले गोली चलाएको बताइएको छ । मानसिकरुपमा अस्वस्थ रहेका २८ वर्षीय पूर्वसैनिक इयान डेबिडले गोली प्रहार गरेर हत्या गरेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

अरु व्यक्तिको हत्यापछि उनले आफैंमाथि पनि गोली प्रहार गरेर आत्महत्या गरेका थिए ।

गोली प्रहार भएको समयमा बारमा करिब २ सय मानिस रहेको बताइएको छ । मानिसहरु पार्टीमा व्यस्त भएका बेला बन्दुकधारीले गोली चलाएका हुन् । मारिनेमा धेरैजसो विद्यार्थी छन् ।

घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । स्थानीय विश्वविद्यालयका विद्यार्थीले कलेज नाइट मनाइरहेका बेला उक्त घटना भएको बताइएको छ । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया