‘पहाडकी रानी’मा पर्यटक रम्दै (भिडियो)

news

उपेन्द्र खनाल 

तनहुँ, कात्तिक २३ । तनहुँको बन्दीपुरस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र पहाडकी रानीमा पर्यटकको चहलपहल बढ्दै गएको छ । पर्यटकको आगमनका कारण बन्दीपुरका होटेल र होमस्टे सञ्चालकसमेत उत्साहित हुन थालेका छन् ।

पर्यटकहरु विशेषगरी होटेलमा भन्दा पनि होमस्टेमा रमाउन थालेका छन् । आफ्नै घरको जस्तो वातावरण र खानामा गाउँघरका मौलिक परिकार पाउने भएकोले होमस्टेमा पाहुना बस्न रुचाएका हुन् । पहिले ७ घर मिलेर होमस्टे संचालन गरे पनि अहिले त्यो संख्या बढेर २० पुगेको छ । यसबाट होमस्टेप्रतिको आकर्षण बढ्दै गएको स्पष्ट हुन्छ ।

विदेशी र स्वदेशी दुवै किसिमका पर्यटक होमस्टेमा बस्दै आएका छन् । तुलनात्मक रुपमा हेर्दा स्वदेशी पर्यटकको रुचि होमस्टेमै बढेको देख्न सकिन्छ । कोदोको रोटी, लोकल कुखुराको मासु, गुन्द्रुक, ढिडो लगायतका परिकारमा पाहुनाको पहिलो रोजाई रहेको छ । 

होमस्टेमा आएका पाहुनालाई सांस्कृतिक कार्यक्रमले स्वागत गरी उनीहरुलाई खुसी बनाएर पठाएको सामुदायिक होमस्टे बन्दिपुरकी अध्यक्ष दिलकुमारी राना बताउँछिन् ।

भिडियो रिपोर्ट हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया