जुवाखालबाट झन्डै चार लाखसहित ३३ जनालाई प्रहरीले पक्रियो

news

भक्तपुर, कात्तिक २४ । महानगरीय प्रहरी वृत्त जगातीको टोलीले जुवाखालबाट ३३ जनालाई पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–१०, चित्तपोलस्थित २५ वर्षीय प्रविण त्वातीले सन्चालन गरेको कुखुरा फार्ममा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ थान कौडासहित रु तीन लाख ८४ हजार २३० बरामद गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

पक्राउ परेका सबैलाई थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाएको उनले बताए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...