छातीमा छुरा प्रहार, युवकको मृत्यु, होटल सन्चालक समातिए

news

बाँके, कात्तिक २४ । मादकपदार्थ सेवनकाक्रममा होटल सन्चालकसँग विवाद भएपछि बाँकेमा एकजनाको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका–१, गाभरस्थित थकाली होटल भोजनालयमा भएको झडपकाक्रममा छुरा प्रहारबाट सोही गाउँका २७ वर्षीय हरिबहादुर बुढामगरको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीकाअनुसार बुढामगरको छातीमा छुरा प्रहार गरिएको थियो ।

छुरा प्रहारबाट गम्भीर घाइते बुढामगरको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकाक्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडपका बेला होटल सन्चालक चन्द्रकिरण शाह पक्षले बुढामगरमाथि छुरा प्रहार गरेको प्रहरीले बताएको छ ।

छुरा प्रहार गरेको आरोपमा होटल सन्चालक शाह र गणेश शाहलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक बिसीले जानकारी दिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...