श्रमिकहरुको छनोट प्रक्रिया शून्य लागतमा गर्नुपर्छ : श्रममन्त्री

news

काठमाडौं, मंसिर ३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकहरुको छनोट प्रक्रिया शून्य लागतमा गर्नुपर्ने र सदाचार श्रमिक भर्ना प्रक्रिया लागू गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा राष्ट्रिय व्यवसायिक पहल (एनबीआइ)ले वैदेशिक रोजगारीमा जाने श्रमिकका सम्बन्धमा गरेको अन्तरक्रियामा मन्त्री विष्टले आर्थिक विकासका लागि पुँजी र श्रम आवश्यक भएको तर यस क्षेत्रमा सुधार पनि गरिनुपर्नेमा उनले जोड दिए ।

‘कोलम्बो प्रोसेस’ बैठकले पनि श्रमिकको सुरक्षाको विषयलाई नै बढी जोड दिएको उनले बताए ।

श्रमिक नियुक्तिदेखि श्रमिकले काम गर्नसक्ने हुँदासम्म कमिसन लिने कार्यको अन्त्य गरिनुपर्ने र यस्तो समस्या अन्त्य गर्नका लागि मन्त्रालयले पनि थप गृहकार्य गरिरहेको उनले बताए ।

आगामी वर्षमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत् रोजगार प्याकेज ल्याइने उनको दाबी छ ।

आगामी ११ गते सामाजिक सुरक्षा दिवस मनाउने तयारी भइरहेको र उक्त दिवसमा नै निजी क्षेत्रमा काम गर्ने श्रमिकहरुको न्यूनतम् तलब १३ हजार ४५० रुपैयाँ कायम गरिने मन्त्री विष्टले बताए ।

युवाहरुलाई देशमा नै रोजगारी सिर्जना गराइ वैदेशिक रोजगारीमा जानेहरुको संख्या घटाउने जिकिर पनि उनले गरे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया