‘जूनको आगो’ लिएर आए सुविद

काठमाडौं, जेठ २३ । साहित्यकार सुविद गुरागाइँले गजलसंग्रह ‘जूनको आगो’ लिएर आएका छन् ।

news

बुधबार राजधानीमा आयोजित कार्यक्रममा गजलसंग्रहको लोकार्पण गरियो ।

नेपाल अफ्रिका समाजले प्रकाशन गरेको यस गजलसंग्रहमा ८३ ओटा गजल रहेका छन् ।

लेखकको व्यक्तिगत जीवन भोगाइ, प्रेम, बिछोडलगायतका विषयलाई गजलका विषय बनाइएको छ ।

गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने, गैरआवसीय नेपाली समाज तथा नेपाल अफ्रिका साहित्य समाजका कोषाध्यष्क्ष हिक्मत थापा, मानव नेपाली भाषा समाजका रमेश पौडेललगायतले गजलको समीक्षा गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया