काठमाडौंमा सांस्कृतिक चलचित्र महोत्सव

news

काठमाडौं, मंसिर ७ । विभिन्न देशका सांस्कृतिक फिल्महरु प्रदर्शन गरिने सांस्कृतिक चलचित्र महोत्सव शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।

नेपाल कल्चरल एन्ड फिल्म सेन्टरको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको शताब्दीपुरुष तथा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उद्घाटन गरे ।

महोत्सवमा विभिन्न १४ राष्ट्रका २९ ओटा चलचित्र प्रदर्शन गरिनेछ ।

महोत्सवमा समावेश गरिएका चलचित्रमध्येबाट पाँचओटा विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया