आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित भएकालाई निःशुल्क स्वास्थ्य शिविर बरदान

news

काठमाडौं । सदरमुकाम नजिकै हुँदासमेत दोलखाको गैरीमुदीबासी आधारभूत स्वास्थ्य सेवा पाउनबाट बन्चित छन् ।

पायक पर्ने ठाउँमा अस्पताल नहुँदा यहाँका ज्येष्ठ नागरिक, महिला र बालबालिका विभिन्न रोग पाल्न बाध्य छन ।

उनीहरुले आफ्नो गाउँमा आक्कल झुक्कल पुग्ने निःशुल्क स्वास्थ्य शिविरकै भर पर्नुपरेको छ ।

गुणस्तरीय स्वास्थ्य भन्ने सरकारी नाराले दोलखाका यी गैरीमुदीबासीलाई अझै छुन सकेको छैन् ।

गाउँमा सामान्य अस्पतालसमेत नहुँदा यहाँका महिला र बृद्धबृद्धाले निःशुल्क स्वास्थ्य शिविरको भर पर्नुपरेको हो ।

धुलिखेल अस्पताल र आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोग र ह्यान्ड्स फर नेपालले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा महिला, बृद्धबृद्धा र बालबालिकासहित ५ सय बढीले आफ्नो स्वास्थ्य परिक्षण गरेका छन् ।

स्वास्थ्य परिक्षण गर्न आउनेमा सबै भन्दा बढी मोतीयाबिन्दुका बिरामी छन् । मोतीया बिन्दुको अप्रेशनपछि ३६ बर्षदेखि आँखा नदेख्नेहरुले समेत नयाँ जीवन पाएका छन् ।

ह्यान्ड्स फर नेपालका अध्यक्ष कुमार अधिकारीले आँखाको परिक्षण, जनरल फिजिसियन, नाक, कान, घाँटी, स्त्री रोगलगायतसेवा उपलब्ध गराएको बताए ।

आँखा रोग बिशेषज्ञ डाक्टर कमलबहादुर खड्काले आँखाको शल्यक्रिया गर्न आउनेको संख्या उल्लेख्य रहेको बताए ।

उनले आँखा बन्द भएकाले दुर्गम क्षेत्रका धेरै बासीन्दाको जीवन नै बन्द हुने गरेको भन्दै आँखाको रोगबाट बच्ने उपायको बारेमा पनि परामर्श दिएका छन् ।

शिविरले आँखा नदेख्नेहरुलाई देखाएर हर्षविभोर बनाएको छ ।

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया