अन्तरप्रदेश परिषदको बैठकका लागि यस्तो छ प्रदेश सरकारहरुका एजेण्डा (भिडियो)

news

काठमाडौं, मंसिर १८ । संघीय र प्रदेश सरकारबीच अधिकारको विषयलाई लिएर विवाद हुँदै आएको छ । संघीय सरकारले कानुन निर्माणमा ढिला गर्दा आफूहरुले द्रुत गतिमा विकास निर्माणको काम गर्न नसकेको गुनासो प्रदेश सरकारहरुले गर्दै आएका छन् ।

मुख्यमन्त्रीहरुले सार्वजनिक रुपमै संघीय सरकारको आलोचना गर्ने क्रम बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर २३ गते अन्तरप्रदेश परिषद्को बैठक बोलाएका छन् । बैठकमा मुख्यमन्त्रीहरुले आफूहरुका समस्या उठान गर्दै प्रधानमन्त्रीलाई दबाब दिने तयारी गरेका छन् ।

काठमाडौंमा हुने अन्तरप्रदेश परिषद्को बैठकमा प्रदेश सरकारहरुले आ–आफ्ना प्रदेशमा भइरहेका समस्याका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवगत गराउँदै अधिकारको विषय पनि उठान गर्ने तयारी गरेका हुन् । मुख्यमन्त्रीहरुले प्रदेशका साझा समस्या र आ–आफ्नो प्रदेशमा देखिएका समस्याका बारेमा पनि प्रधानमन्त्रीलाई जानकारी गराउँदै त्यस्ता समस्या समाधान गर्न दबाब दिने तयारी गरेका हुन् ।

उनीहरुले मुख्यमन्त्रीहरुको पोखरा सम्मेलनको घोषणापत्रमा समेटिएका बुँदासमेत सोही क्रममा प्रस्तुत गर्ने बताएका छन् । प्रदेशलाई अधिकार सम्पन्न नबनाएसम्म द्रुत गतिमा विकासका काम अघि बढाउन नसकिने निष्कर्ष निकालेका मुख्यमन्त्रीहरुले प्रदेश परिषद्मा उठान गर्ने विषयको फेहरिस्त तयार पारिसकेका छन् ।

के भन्छन् मुख्यमन्त्री तथा मन्त्रीहरु ! भिडियो हेर्नुहोस्

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया