साढे १० लाख ठगी र बलात्कार गरेको आरोपमा नेता पक्राउ

news

सप्तरी, मंसिर १८ । कारागारबाट ‘छुटाउन पहल गर्छु’ भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौं रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन् ।

राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता–५, लोखरमका मनोजकुमार मेहतालाई सो आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालकाअनुसार आइतबार पक्राउ परेका मेहताविरुद्ध बलात्कार तथा ठगी दुवै मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको हो ।

उक्त पार्टीका सदस्य सुनिलकुमार झाले पार्टीका साथीले जानकारी गराएपछि आफूले थाहा पाएको बताए ।

राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमान्लाई छुटाइदिने आश्वासन दिलाइ मेहताले पटक–पटक गरी रु साढे १० लाख ठगी गर्नाका साथै बलात्कार पनि गरेको पीडितको जाहेरीमा उल्लेख छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया